लोकतन्त्रमा सबैका दृष्टिकोणहरू हुन्छन्। तथ्य के हो भन्ने आम नागरिकले बुझेका छन्। सोसल मिडियाको जमाना भएकाले कुनै कुरा लुकेको छैन। त्यसैले हामी होइन, हामीलाई आरोप लगाउनेहरू 'डिफेन्सिभ' छन्। नागरिकलाई धेरै बुझाउनुपरेको छैन। रास्वपा परिवर्तनलाई बोक्ने र 'डेलिभरी' मा विश्वास गर्ने पार्टी हो भनेर जनताले बुझेका छन्।