भारतको दिल्ली राज्यका पूर्वमुख्यमन्त्री एवम् आम आदमी पार्टीका अध्यक्ष अरविन्द केजरीवालले रक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको भ्रष्टाचार मुद्दामा सफाइ पाउनुभएको छ । दिल्लीको अदालतले आज केजरीवाल, तत्कालीन उपमुख्यमन्त्री मनिष सिसोदियासहित ३२ जनालाई सफाइ दिएको हो । मुख्यमन्त्री हुँदा रक्सी बिक्रीसम्बन्धी नीति ल्याएर करोडौँ घोटाला गरेको भन्दै उहाँलाई पदमा बहाल हुँदै भारतको कर विभागअन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी) ले पक्राउ गरेको थियो । सन् २०२२ मा केजरीवाल सरकारले लागू गरेको यो नीतिले निजी क्षेत्रका थोक बिक्रेतालाई अनुचित लाभ...