तोकिएकै मितिमा निष्पक्ष चुनाव हुन्छ : गृहमन्त्री

१५ फागुन रौतहट । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान अन्तरिम सरकारको मुख्य जिम्मेवारी तोकिएको मितिमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनु रहेको बताएका छन् । २१ फागुनमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउने दायित्व सरकारको रहेको उनको भनाइ छ । राजनीतिक अधिकार प्रयोग गर्न सहज वातावरण निर्माण गरिने तर कानुनविपरीत काम गर्नेलाई कुनै छुट नदिने उनले बताए । […]