सुर्खेतको प्रसिद्ध पर्यटकीयस्थल काँक्रेविहारमा केही पर्यटक जम्मा भएका छन् । प्रतिव्यक्ति २० रूपैयाँमा टिकट काटेर पुगेका उनीहरू फोटो खिच्न तथा टिकटक बनाउन व्यस्त देखिन्छन् । त्यही भिडबाट आवाज आउँछ‚ ‘भोट के मा घण्टीमा ! अबकी बार बालेन सरकार !’ बुधबार दिउँसो तीन बजेतिर लोकान्तर टोली उक्त काँक्रेविहार पुग्दा देखिएको दृश्य हो यो । निर्वाचनको माहोल बुझ्न हामीले ती व्यक्तिलाई सम्पर्क गर्ने प्रयास पनि गरेका थियौं । अलि तलसम्म उनीहरूलाई पछ्याए पनि संवाद भने हुन सकेन । त्यसपश्चात् हामीले काँक्रेबिहारको प्राङ्गणमा भेटिएका...