नेकपाप्रति जनताको विश्वास बढ्दै गएको छ : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति जनताको विश्वास र भरोसा बढ्दै गएको बताएका छन् । नेकपा नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आज आयोजित कार्यक्रममा उनले पछिल्लो समय नेकपा आक्रामक रूपमा अगाडि बढिरहेकाले यस पार्टीप्रति जनताको विश्वास र भरोसा बढ्दै गएको बताएका हुन् । 'पुरानो दुई दल कांग्रेस र एमाले रक्षात्मक अवस्थामा पुग्दा नेकपाप्रति जनताको विश्वास बढ्दै गएको छ,' उनले भने । पूर्वप्रधानमन्त्री दाहालले नेकपाले अघि सारेका नीति, यो...