कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा तीन दिने ‘नबिल नि:शुल्क जलन उपचार शिविर’ सम्पन्न भएको छ । यही फागुन १२ देखि १४ गतेसम्म सञ्चालन भएको उक्त शिविरमार्फत ६५ जना जलनका बिरामीहरूले नि:शुल्क उपचार पाएको बैंकले जनाएको छ । शिविरमा आएका २० जना बिरामीको सेती प्रादेशिक अस्पतालमै वरिष्ठ चिकित्सकहरूले शल्यक्रिया गरेका थिए भने जटिल किसिमका १८ जना बिरामीलाई काठमाडौंको साँखुस्थित सुषमा कोइराला मेमोरियल अस्पतालमा रिफर गरिएको छ । नबिल बैंक, सुषमा कोइराला मेमोरियल अस्पताल र सेती प्रादेशिक अस्पतालको संयुक्...