नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब बन्ने कांग्रेसको सरकारले शक्तिशाली आयोग बनाएर हरेक काण्डको एक–एक छानबिन गर्ने बताएका छन् । बिहीबार पोखरामा भएको सभालाई सम्बोधन गर्दै गगनले अबको कांग्रेस नेतृत्वको सरकारले आफू र निवर्तमान सभापति शेरबहादुर देउवाबाटै सम्पत्तिको छानबिन गर्ने घोषणा गरेका हुन् । आफ्नै नाता वा नेता कसैको पनि छानबिनबाट पछाडि नहट्ने उनको घोषणा छ । सभापति थापाले कांग्रेसको सरकारले नयाँ कुनै काण्ड नगर्ने र अरूलाई पनि गर्न नदिने दाबी गर्दै त्यसका लागि कानूनी तथा संस्थागत व्यवस्...