राष्ट्रसंघकी आवासीय संयोजक याहिया र महासङ्घका अध्यक्ष ढकालबीच भेटवार्ता

संयुक्त राष्ट्रसङ्घकी नवनियुक्त आवासीय संयोजक लीला पिटर्स याहिया र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालबीच भेटवार्ता भएको छ । भेटका क्रममा अध्यक्ष ढकालले नोभेम्बर २०२६ का लागि तय गरिएको अतिकम विकसित मुलुकबाट नेपालको स्तरोन्नतिको समय थप गर्न अनुरोध गरेका थिए । उनले मुलुक अझै संरचनात्मक रूपमा तयार नभएकाले व्यावसायिक समुदायसँगको व्यापक परामर्शका आधारमा स्तरोन्नतिलाई तीन वर्ष ढिलो अर्थात् नोभेम्बर २०२९ सम्म सार्न अनुरोध गरेका हुन् । अध्यक्ष ढकालले नेपालको स्तरोन्नति केवल साङ्केतिकमात्र ...