स्वर्णिम वाग्ले तनहुँको मात्र नभई सिङ्गो देशको सम्पत्ति हो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको भविष्य बदल्नुपर्ने बताएका छन् । तनहुँको दमौलीमा आज साँझ आयोजित चुनावीसभामा सभापति लामिछानेले देशलाई अब समृद्धिको दिशातर्फ लैजाने बेला आएको बताए ।  उनले भने, “देशले वर्षौँदेखि देखेको सपना पूरा गर्ने दिन फागुन २१ गते हो । अब देशलाई अगाडि बढाउनुपर्नेछ, त्यसको नेतृत्व हामी गर्छौँ ।” सभापति लामिछानेले स्वर्णिम वाग्ले तनहुँको मात्र नभई सिङ्गो देशको सम्पत्ति रहेको बताउँदै स्वर्णिमविरुद्ध भ्रम छर्न खोजिएको आरोप लगाए । सभापति लामिछानेले सहिदको सपना पूरा ग...