काठमाडौँ महानगरपालिकाले महानगरका १० वटा वडामा भूप्रशासन सेवा केन्द्र सञ्चालनको प्रक्रिया अघि बढाएको छ । यसका लागि कामपाले कर्मचारीलाई प्रक्रिया र प्रणालीसम्बन्धी तालिम दिइसकेको छ । पहिलो चरणमा नमूनाका रूपमा वडा नं ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ मा उक्त सेवा सञ्चालन गर्न लागिएको कामपाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । उनका अनुसार कामपाको ४७औँ कार्यपालिका बैठकले नमूना कार्यक्रमका रूपमा १० वटा वडाबाट भूप्रशासन सेवा प्रारम्भ गर्ने निर्णय गरेको थियो । वडा नं ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ बाट...