गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान अन्तरिम सरकारले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता जनाएका छन् । आज रौतहट सदरमुकाम गौरमा जिल्लाको शान्तिसुरक्षाको अवस्थाबारे जानकारी लिँदै उनले यो सरकार निर्वाचन गराउने लक्ष्यसहित आएको बताए । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा शान्तिसुरक्षाको अवस्था बुझ्न रौतहट आएका उनले सरकारले भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था गरेकाले मतदान प्रक्रियामा सहभागी हुन सबैलाई आग्रह गरे । गृहमन्त्री अर्यालले निर्वाचनमा शान्तिसुरक्षाको प्रभावकारी व्यवस्था गरिएकाले फागुन २१ गते ...