गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी र शान्ति सुरक्षाका बारेमा जानकारी लिन विभिन्न जिल्लाका मतदानस्थलको स्थलगत निरीक्षण तथा अनुगमन गरेका छन् । उनीसँग कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित उच्च अधिकारीको सहभागिता थियो । उक्त टोलीले निर्वाचन सुरक्षाबारे विभिन्न जिल्लाका जिल्ला सुरक्षा समिति, जिल्लास्थित प्रमुख राजनीतिक दल, प्रमुख मतदान अधिकृत तथा अन्य सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल र अन्तरक्रिया गरेको हो । अनुगमनमा सहभागी गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यका अनुसार मन्त्री अर्या...