भीडभाड गरेर फागु खेल्न नपाइने

 प्रतिनिधिसभा सदस्य चुनावको सम्मुखमा परेको फागु पर्व यसपालि सार्वजनिकस्थलमा भीडभाड हुने गरी खेल्न नपाइने भएको छ । निर्वाचनको सुरक्षा संवेदनशिलता र आचारसहिंताका कारण सडक तथा सार्वजनिक भीड जम्मा हुने गरी कुनै पनि मेला, साङ्गीतिक कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिक रुपमा सूचीत गरेको हो । कार्यालयले आज जारी गरेको सूचनामा फागु पर्वलाई लक्षित गरी कार्यक्रम गर्न कसैलाई पनि अनुमति नदिइएको उल्लेख छ । परिवार मिलेर घरपरिसरमा सभ्य र सुसंस्कृत रुपमा फागु पर्व मनाउन कार्यालयले आग्रह गरेको छ । फागुपूर्णिम...