काठमाडौँ । प्रेस काउन्सिल नेपालले बिबिसी वर्ल्ड सर्भिसबाट प्रसारित डकुमेन्ट्रीले आगामी निर्वाचनलाई प्रभाव पार्ने भन्दै त्यसलाई नियमन गर्न सरकार र निर्वाचन आयोगसँग कुटनीतिक पहलको माग गरेको छ । फागुन १४ गते बिबिसीको युट्युब च्यानलबाट सार्वजनिक भएको ‘सट लाइक एनिमिज: इनसाइड नेपाल्स जेन जी अपराइजिङ’ नामक सामग्रीले निर्वाचनको निष्पक्षतामा गम्भीर असर पुर्याउने भन्दै काउन्सिलले कुटनीतिक माध्यमबाट प्रक्रिया अगाडि बढाउन पत्राचार गर्ने निर्णय गरेको हो । काउन्सिलले सोमबार एक विज्ञप्ति जारी गर्दै बिबिसी विदेशी सञ्चा...