जिल्ला प्रशासन कार्यालय सुर्खेतले मदिराजन्य पदार्थ बिक्रीवितरण र सेवनमा निषेध गरिएको सूचना सार्वजनिक गरेको छ । निर्वाचन आयोग नेपालको निर्णय, गृह मन्त्रालयको निर्देशन र जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकको निर्णयअनुसार सार्वजनिक स्थानमा मदिराजन्य पदार्थको बिक्रीवितरणमा निषेध गरिएको हो । यही फागुन २१ गते हुन गइरहेको प्रतिनधिसभा सदस्य पदको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्ने ध्येयले बिक्रीवितरणमा पूर्ण रोक लगाइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्की...