राष्ट्रिय स्वाधिनता र जनताको आत्मसम्मान मुख्य उद्देश्य : संयोजक दाहाल

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वाधिनता र जनताको आत्मसम्मान पार्टीको मुख्य उद्देश्य रहेको बताएका छन् ।  नेपाली कम्युनिष्ट पार्टी, ललितपुर क्षेत्र नं. १ द्वारा आज आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले मुलुकमा विद्यमान सङ्कट समाधान गरी देश विकास र जनतालाई समृद्ध बनाउने सङ्कल्प पार्टीले लिएको बताए ।  विगतका कमजोरी सच्याउँदै ‘नयाँ नेपाल’ निर्माण गर्ने प्रतिबद्धतासहित विभिन्न २६ वटा वामपन्थी र समाजवादी घटनाहरूबीच एकता भएको बताउँदै...