राष्ट्रिय लिग फुटबलमा लालिगुराँस र फ्रेन्ड्सले बाँडे अंक

१५ फागुन, काठमाडौं । लालिगुराँस एसोसिएसन र फ्रेन्ड्स क्लबले राष्ट्रिय लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको दोस्रो खेलमा कास्कीको लालिगुराँस र ललितपुरको फ्रेन्ड्सले १-१ को बराबरी खेलेका हुन् । खेलमा अग्रता भने लालिगुराँसले लिएको थियो । सरोज गुरुङले २६औं मिनेटमा गोल गर्दै लालिगुराँसलाई पहिलो हाफमा अग्रता दिलाएका थिए […]