चुनावको बेला मौसमको उल्लेखनीय प्रभाव नपर्ने, केही ठाउँमा फाट्टफुट्ट वर्षा र हिमपातको सम्भावना

काठमाण्डाै —  जल तथा मौसम विज्ञान विभागले चुनावको बेला यही फागुन २० गतेदेखि २२ गतेसम्म  मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहने जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले चुनाव विशेष मौसमी बुलेटिन सार्वजनिक गर्दै हालसम्मको मौसम ढाँचाबाट प्राप्त मौसमी तथ्याङ्कहरुको विश्लेषणका आधारमा चुनावको समयमा खासै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिने जनाएको हो । यद्यपि हिमाली र पहाडी क्षेत्रमा भने आंशिक बदली रहने र एक दुई ठाउँमा फाट्टफुट्ट वर्षा र हिमपात हुने अनुमान गरिएको छ । महाशाखाका अनुसार कोशी, बा...