पाकिस्तान र अफगानिस्तानबीचको तनाव कम गर्न संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायले अपिल गरेका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले दुवै देशलाई संयमित हुन र तनाव मत्थर पार्न आह्वान गर्नुभएको छ । यस्तै चीनसहित साउदी अरब र कतारले युद्ध रोक्नका लागि प्रयास थालेका छन् । उनीहरुको कूटनीतिक अभियान शुरु भएको हो । कतारसँगको समन्वयमा साउदी अरबले पाकिस्तान र अफगानिस्तानबीचको तनाव कम गर्न प्रयास गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मुख्यगरी पाकिस्तान र अफगानिस्तानबीच अवस्था नियन्त्रणभन्दा बाहिर जानबाट रोक्ने...