काठमाण्डाै – चुनाव नजिकिँदै जाँदा गण्डकी रोचक प्रदेशमध्ये एक बनेको छ । यो प्रदेशका ११ जिल्लामा १८ निर्वाचन क्षेत्र र झन्डै १८ लाख ७० हजार मतदाता छन् । यसअघिको चुनावी नतिजाको प्रवृत्ति, मतदाताको मनोविज्ञान, दलहरूको वर्तमान रणनीति र समुदायगत प्रभाव हेर्दा यस पटकको चुनाव त्रिकोणात्मक र अनिश्चित देखिन्छ । तीन वर्षअघि भएको २०७९ सालको चुनावमा समानुपातिकतर्फ नेकपा एमाले गण्डकीमा सबैभन्दा ठूलो दल बन्यो, तर प्रत्यक्षमा मात्र ५ सिट जित्यो । नेपाली कांग्रेस लोकप्रिय मतमा दोस्रो भयो, तर ९ सिट जित्न सफल भयो । त्यो चुनावमा राष्ट्रिय स्...