आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनको परिणाम लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले डिजिटल प्रविधिबाट सार्वजनिक गर्ने भएको छ । विगतमा स्पिकरको माध्यमबाट मतपरिणाम सार्वजनिक गर्ने गरिएको भए पनि यस वर्षदेखि डिस्प्ले बोर्ड राखेर मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए । उनका अनुसार डिस्प्ले बोर्ड र वेबसाइडमार्फत सार्वजनिक गर्ने तयारी रहेको छ । यसले गर्दा एकद्वार प्रणालीबाट नतिजा सार्वजनिक हुने र विश्वसनीय हुने सूचना अधिकारी कुँवरल...