बोलिभियाको राजधानी ला पाज नजिकै कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । उडान भरेको केही समयमै विमान धावनमार्गबाट चिप्लिएर राजमार्गमा पुगेको थियो । राजमार्गमा विमान अवतरण गर्दा लगभग एक दर्जन सवारी साधनमा क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । मृतकहरू विमानमा थिए वा विमानस्थल नजिकै राजमार्गमा पार्क गरिएका कारहरूमा थिए भन्ने कुरा अझै स्पष्ट भएको छैन । विमान बोलिभियाली वायुसेनाको हर्कुलस विमान थियो, जसले केन्द्रीय बैंकबाट अन्य शहरहरूमा नयाँ नोटहरू बोकेको थियो । सामाजिक सञ्जाल...