बारा-१ का नेकपा उम्मेदवार सन्तोषको 'अठोट पत्र'- सुशासन, उद्योग र प्रविधिमैत्री शिक्षा मुख्य एजेन्डा

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बारा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सन्तोष दंगालले आफ्नो चुनावी प्रतिबद्धता पत्र (अठोट-पत्र) सार्वजनिक गरेका छन्। जेनजी आन्दोलनको भावना र जनअपेक्षालाई सम्बोधन गर्दै दंगालले सुशासन, उद्योग र प्रविधिमैत्री शिक्षालाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् ।  दंगालले आफ्नो अठोट-पत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र सांसदहरूलाई विशुद्ध नीति तथा कानुन निर्माणमा केन्द्रित गराउने प्रस्ताव अघि सारेका छन् । उनले विज्ञहरू सम्मिलित...