राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज काठमाडौं उपत्यका केन्द्रित ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ गर्दै छ । पार्टीले उपत्यकाका तीनै जिल्ला समेट्ने गरी गरिएको रोड शो गौशालाबाट शुरू भएको छ । पशुपतिनाथ प्रवेशद्वार नजिकैको गौशालाबाट शुरू भएको यो अभियान बेलुकी ६:३० बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा पुगेर समापन हुनेछ। ‘एउटै लक्ष्य, एउटै आवाज, एउटै प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आयोजना भएको कार्यक्रमको उद्देश्य जनतासँग प्रत्यक्ष भेटघाट र जनसम्पर्क विस्तार गर्नु रहेको पार्टीले ज...