आईसीसी विश्वकप क्रिकेट लिग–२ को आउँदो श्रृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । लिग–२ अन्तर्गत नेपाल, ओमान र युएईबीच हुने घरेलु शृंखलाका लागि क्यानले २० सदस्यीय प्रारम्भिक टोलीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेको हो । रोहित पौडेलको कप्तानी तथा दीपेन्द्रसिंह ऐरीको उप–कप्तानीमा घोषणा गरिएको टोलीमा अनुभवी खेलाडीसँगै केही युवा खेलाडीले स्थान बनाएका छन् । बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरुमा पौडेल र ऐरीसहित, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख,...