नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज मधेश प्रदेशका चार जिल्लाका चुनावी सभामा सम्बोधन गर्ने भएका छन् । सभापति गगन थापाको आजको पहिलो कार्यक्रम सर्लाहीको ईश्वरपुरबाट हुने । त्यसपछि लालबन्दी, रौतहट र बारा हुँदै पर्साको वीरगञ्जमा पुगेर चुनावी सभालाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ । सो क्रममा रोड शोमा पनि सहभागी हुने सभापति थापाको सचिवालयले जनाएको छ । त्यस्तै, सभापति थापाले आइतबार फागुन १७ गते काठमाडौं उपत्यकामा हुने कार्यक्रममा सम्बोधन गर्नेछन् । गत फागुन ६ गते जनकपुरधाममा पार्टीको प्रति...