प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन

काठमाण्डौ — निर्वाचन आयोगले फागुन २१ गते बिहीवार हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि आवश्यक पर्नसक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि मतदान केन्द्रमा प्राथमिक उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको छ । यसका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न आयोगले ध्यानाकर्षण गराएको हो । चुनावमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने मतदाता, अशक्त, ज्येष्ठ नागरिकलगायतलाई आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि व्यवस्था मिलाउन आयोगले आह्वान गरेको हो । आयोगले सङ्घीय मामिला तथा साम...