रोल्पाबाट प्रचण्डले चुनावी अपिलसहित सार्वजनिक सम्बोधन गर्ने

१६ फागुन, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रोल्पाबाट चुनावअघिको अन्तिम सार्वजनिक सम्बोधन गर्ने भएका छन् । रोल्पा सदरमुकाम लिबाङस्थित टुँडिखेलमा शनिबार उनले २१ फागुनको चुनावका लागि सार्वजनिक अपिल गर्ने भएका हुन् । चुनावअघि देशभर कुनै ठूला कार्यक्रम नरहेका र रोल्पाबाट सार्वजनिक सन्देशसहित सम्बोधन गर्ने पूर्वप्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । […]