नेपाली साहित्यका सिद्धहस्त लेखक हुन् लक्ष्मणप्रसाद गौतम । त्रिवि नेपाली केन्द्रीय विभागमा लामो समयदेखि आवद्ध रहँदै आएका गौतम कुशल शिक्षक हुन्, प्रशिक्षक हुन्, अनि हुन् शब्दशब्दांश चिरेर र अक्षरअक्षरमा छिरेर गूढतम दार्शनिक निचोड निकाल्ने कुशल शल्य चिकित्सक पनि । दुई दशकअघि विद्यावरिधि पढेका र गरेका गौतम हाल आफैँ विद्यावारिधि पढाइरहेका छन् । उनका दर्जनौँ अनुसन्धानात्मक समालोचना कृति प्रकाशित छन् । यसैमध्येको पछिल्लो कृति हो ‘समवेत’ निबन्ध सङ्ग्रह । शिखा बुक्सले प्रकाशित गरेको यस पुस्तकलाई हालै पढ्ने अवसर जुर्यो, प्रकाशक ...