चुनाव आउँदा पनि रित्तै छ धारापानी, जनताले आश्वासन समेत सुन्न पाएनन्

प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा मुलुकका अन्य भागमा जस्तै कञ्चनपुरका शहरी र सुगम ग्रामीण भेगमा चुनावी सरगर्मी निकै बढेको छ ।  उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् । चोक–चोकमा कोण सभासँगै र्‍यालीलगायतका कार्यक्रमको व्यस्तता छ । तर, शुक्लाफाँटा नगरपालिका–८ स्थित चुरे फेदीमा रहेको धारापानी गाउँमा भने यसपटकको चुनावको कुनै रन्को छैन । चौबीस घरधुरी रहेको यस बस्तीमा अहिलेसम्म कुनै पनि उम्मेदवार मत माग्न पुगेका छैनन् ।    चुरे पहाडको काखमा अवस्थित धारापानी प्राकृतिक रूपमा जति मन...