काठमाडौं उपत्यका केन्द्रित रास्वपाको चुनावी प्रचार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं उपत्यका केन्द्रित प्रचारमा व्यस्त भएको छ । यसै क्रममा उक्त पार्टीले आज यहाँ, भेटघाटलगायत कार्यक्रम सञ्चालन गरेको छ । र्‍यालीमा सो पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सहितका नेता सहभागी छन् । र्‍याली काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा भएको थियो । बिहान ६ बजे पाशुपत क्षेत्रबाट शुरू भएको कार्यक्रम साँझ ६ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर समापन हुने सो पार्टीले जनाएको छ ।