कैलाली-२ मा प्रलोपा उम्मेदवारले गरे एमालेका सूर्य थापालाई समर्थन

१६ फागुन, धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार डम्बरबहादुर रावल प्रतिस्पर्धाबाट पछि हटेका छन् । प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका रावलले उम्मेदवारी निस्क्रिय पार्दै एमाले उम्मेदवार सुर्यबहादुर थापालाई समर्थन गर्ने निर्णय गरेका छन् । दुई दलबीचको सहमतिअनुसार प्रत्यक्षतर्फ प्रलोपा एमालेका उम्मेदवार थापालाई समर्थन गर्ने र समानुपातिकतर्फ भने […]