बेलीब्रिज भाँचिएर अरुण नदीमा खस्यो ट्रक, घाइते चालकलाई काठमाडौं पठाइँदै

सङ्खुवासभाको मकालु गाउँपालिका–५ र २ जोड्ने बेलीब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नम्बर २ सेदुवा जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलीब्रिज भाँचिएको हो । आज बिहान ९ बजे सिमेन्ट बोकेको लावेट ट्रक तार्ने क्रममा बेलीब्रिज भाँचिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए । ठूला सवारीसाधन तार्ने क्रममा पुल गाडीसहित भाँचिएको हो । बेलीब्रिज भाचिँदा नुम सेदुवा सडकखण्डको भित्री सडकमा प्रदेश–०३–००१ क २९२० नम्बर ट्रक अरुण नदीमा खसेको छ । ट्रक...