हाम्रै पार्टीका कतिपय नेताहरू भ्रष्टाचार मुद्दामा जोडिएका छन्, सत्य-तथ्य छानबिन होस् : भट्टराई

नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले भदौ २३/२४ गतेको जेनजी आन्दोलनमा उठाइएको सुशासन र भ्रष्टाचारसँग सम्बन्धित माग महत्त्वपूर्ण रहेको बताएका छन् । शनिबार दिउँसो भिडियो सन्देश जारी गर्दै उनले विगतमा सरकार चलाउँदा सुशासनको सवाल, भ्रष्टाचार उन्मूलनलगायतको काममा परिणाममुखी काम गर्न नसकेको पनि स्वीकार गरेका छन् ।  भ्रष्ट्राचारमा जोडिएका आफ्नै पार्टी नेता भए पनि छानबिनको दायरामा आउनुपर्ने उनको भनाइ छ । 'हाम्रै पार्टीका कतिपय नेताहरू भ्रष्टाचारको मुद्दामा जोडिएका छन् । ती कति सत्य छन्, कति असत्य छन्, राज्यको निकायबाट ...