जनताको घरदैलोमा भगबती चौधरी- मतदाता के भन्छन् ?

चुनावी सरगर्मी बढ्दै जाँदा सुनसरी–३ का मतदाताको मनोभाव भने स्पष्ट सुनिन थालेको छ।  मतदानको मिति नजिकिँदै जाँदा मतदाताहरू कसलाई भोट हाल्ने भन्नेमा प्रष्ट हुन थालेका हुन् । उनीहरूमध्ये धेरैको समर्थन फेरि नेकपा (एमाले)की उम्मेदवार भगबती चौधरीलाई मत दिनुपर्ने रहेको छ । विकास निर्माणदेखि सामाजिक सरोकारका कामसम्म देखिएको सक्रियताले चौधरीलाई यस क्षेत्रका मतदाताको भरोसायोग्य विकल्पका रूपमा उभ्याएको उनीहरूको भनाइ छ। चौधरी पनि मतदाताको घरदैलोमा पुगिरहेकी छिन् ।  सुनसरी क्षेत्र नम्बर ३ बर्जुकी लक्ष्मी बुढाथोक...