१६ फागुन, प्युठान । प्युठानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारमा रहेको पिक अप भ्यान दुर्घटनामा परेको छ । बाग्दुला नजिकै शनिबार बिहान उक्त पिक अप भ्यान दुर्घटनामा परेको हो । दुर्घटनामा परेर ४ जना घाइते भएको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।