यसटकको चुनावमा पनि ‘घुमाउने पुल’कै चर्चा

मुग्लिङ–नारायणगढ सडकखण्डमा पर्ने घुमाउने पुल निर्माण शुरू भएको १२ वर्ष बित्यो । प्रत्येक निर्वाचनमा राजनीतिक दलको मुद्दा बन्ने यो घुमाउने पुल यसपालि पनि सबैको चासोको विषय बनेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने यो पुल अहिले निर्माणाधीन अवस्थामा छ । यही विषयलाई आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका उम्मेदवारहरूले आफ्नो प्राथमिकतामा राखेका छन् । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ केही दिन मात्रै बाँकी छ । निर्वाचन नजिकिदै गर्दा ...