सुरक्षा चिन्ताका कारण मध्यपूर्वमा धेरै अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएका छन् । धेरै देशहरूले आफ्नो हवाई क्षेत्र बन्द गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । विज एयरले मार्च ७ सम्म इजरायल, दुबई, अबुधाबी र अम्मानका सबै उडानहरू रद्द गरेको समाचारमा उल्लेख छ । लुफ्थान्साले दुबई, तेल अभिभ, बेरुत र मस्कटका लागि शनिबार र आइतबारका उडानहरू रद्द गरेको छ । केएलएमले एम्स्टर्डमबाट तेल अभिभका लागि आफ्नो उडान रद्द गरेको छ । ओमान एयरले बगदादका लागि सबै उडानहरू स्थगित गरेको छ। रूसले इरान र इजरायलका लागि सबै उ...