इरान-इजरायल युद्ध : घरभित्रै बस्न र पूर्व स्वीकृतिविना यात्रा नगर्न नेपाल सरकारको आग्रह

मध्यपूर्व क्षेत्रमा विकसित घटनाक्रमलाई ध्यानमा राख्दै नेपाल सरकारले इजरायल र इरानमा रहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले शनिबार दिउँसो जारी गरेको परामर्शमा इजरायल र इरानका सुरक्षा निर्देशनहरू कडाइका साथ पालना गर्न र अनावश्यक आवतजावत नगर्न सुझाव दिइएको छ। मन्त्रालयले सकेसम्म घरभित्रै बस्न, सजग र सतर्क रहन तथा स्थानीय नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन अनुरोध गरेको छ। साथै, सम्बन्धित देशका निकायहरूको पूर्व स्वीकृतिविना यात्रा नगर्न आग्रह गरेको छ ।​  काठमाडौंस्थित पर...