नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी पाँच वर्ष देश चलाउने जिम्मेवारी कांग्रेसले लिने र उक्त अवधिमा विनादुर्घटना तीव्र गतिमा देश अगाडि बढाउने दाबी गरेका छन् । सर्लाहीको ईश्वरपुर नगरपालिकामा शनिबार आयोजित सर्लाही क्षेत्र नम्बर १ स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै उनले अब बन्ने कांग्रेस नेतृत्वको सरकारले प्रत्येक महिनाको १ गते देशवासीलाई सरकारले गरेका कामको विवरण सार्वजनिक गर्ने व्यवस्था गरिने जानकारी दिए । 'वैशाख महिनादेखि सरकारले मासिक रूपमा आफ्नो कार्यसम्पादनबारे जानकारी दिनेछ र त्यसको समीक्षा पनि नियमि...