नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यूएई, इजरायल र इरानमा रहेका नेपालीहरूलाई सुरक्षित र सजग रहन आग्रह गरेका छन् । इजरायलले शनिबार फेरि इरानमा हवाई आक्रमण शुरू गरेपछि उनले सामाजिक सञ्जालमार्फत यूएई, इजरायल र इरानमा रहेका नेपालीहरूलाई सतर्क रहन आग्रह गरेका हुन् । 'मध्यपूर्वमा पछिल्लो पटक देखिएको तनावले हामीलाई चिन्तित तुल्याएको छ। यूएई, इजरायल र इरानमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुरक्षित र सजग रहन आह्वान गर्दै त्यहाँ रहेका नेपाली दूतावास र नेपाल सरकारलाई नेपाली नागरिकक...