ट्वीटर संस्थापकको कम्पनीमा एआईले खाइदियो ४ हजारको जागिर

अमेरिकाको सिलिकन भ्यालीमा फेरि एकपटक ठूलो हलचल देखिएको छ । सोसल मिडिया प्लेटफर्म ट्वीटर (हालको एक्स) का सह-संस्थापक ज्याक डोर्सीले आफ्नो वित्तीय प्रविधि कम्पनी बल्क इंकमा कर्मचारी कटौतीको आश्चर्यजनक कदम चालेका छन् । जस अनुसार कम्पनीले करिब ४ हजार जना कर्मचारीलाई जागिरबाट हटाएको छ । यो भनेको उक्त कम्पनीका कुल कर्मचारीहरुको करिब ४० प्रतिशत हो। […]