भारतले स्थगित गर्‍यो मध्यपूर्वका सबै उडान

इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि भारतका दुई ठूला निजी विमान कम्पनी इन्डिगो र एयर इन्डियाले मध्यपूर्वका सबै गन्तव्यमा उडान स्थगित गरेका छन् । मध्यपूर्वका केही भागहरूमा बढ्दो आक्रमणको अवस्थालाई ध्यानमा राख्दै मध्यपूर्वका सबै गन्तव्यहरूमा जाने एयर इन्डियाका सबै उडानहरू स्थगित गरिएको एयर इन्डियाले सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै जनाएको छ । इन्डिगोले पनि ग्राहक र चालक दलका सदस्यहरूको सुरक्षालाई ध्यानमा राख्दै अस्थायी रूपमा उडानहरू स्थगित गरिरहेको बताएको छ । लाखौं भारतीय आप्रवासीहरूको घर, अन्य ख...