नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले नेतृत्व नै परिवर्तन गरेको कांग्रेसले देशलाई पनि सुधारेर विकास–निर्माणको नयाँ दिशामा अगाडि बढाउने बताएका छन् । नेपाली कांग्रेस व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको कोणसभामा उनले कांग्रेस नीति र नेतृत्व सुधारेर आएको भन्दै देशलाई अगाडि बढाउने जिम्मेवारी अब कांग्रेसले लिने बताए । प्रवक्ता चालिसेले अस्थिर राजनीतिले देश पछौटेपनको सिकार भएको चर्चा गर्दै राजनीतिक स्थायित्व आवश्यक भएको बताए । उनले भने, 'मुलुकको विकासका लागि कांग्रेसले धेरै योगदान गर...