अज्ञात रोगका कारण बैतडीमा दुई बालकको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको पुर्चौंडी नगरपालिका-१० महरागाउँका १० वर्षीय विकास महरा र १३ वर्षीय विनोद महरा रहेका छन् । पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोद कुँवरका अनुसार विकासको शनिबार बिहान र विनोदको फागुन ११ गते ज्यान गएको हो । केही दिनदेखि उच्च ज्वरो, बान्ता, शरीर दुख्ने लक्षण देखिएकामा दुवै जनाको मृत्यु भएको उनले बताए । अज्ञात रोगका कारण एकैघरका दाजुभाइको मृत्यु भएपछि प्रयोगशाला र चिकित्सकको टोली खटिएको स्वास्थ्य शाखा प्रमुख कुँवरले जानकारी द...