काठमाडौं क्षेत्र नम्बर ४ का विभिन्न दल आबद्ध ८३ जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शनिबार आयोजित एक कार्यक्रममा क्षेत्र नम्बर ४ का उम्मेदवार सचिन तिमिल्सेनाले उनीहरूलाई पार्टी प्रवेश गराए । नवप्रवेशी युवा प्रकाश डंगोलले लामो समय अरूलाई हेरेको तर अब आफूहरूलाई हाम्रै भावना बुझ्ने युवा र खेलाडी उम्मेदवार चाहिएकाले सचिनलाई सहयोग गर्न कांग्रेसमा प्रवेश गरेको बताए । खेल क्षेत्रलाई समेत बुझेको व्यक्तिलाई सदनमा पठाउँदा यो क्षेत्रको साथै देशकै कानून निर्माणमा योगदान पुग्ने भएकोले कांग्रेस प्रवेश गरेको उन...