यूएईमा रहेका नेपालीलाई सावधानी अपनाउन दूतावासको आग्रह

संयुक्त अरब इमिरेट्समा रहेका नेपालीलाई सावधानी अपनाउन दूतावासले आग्रह गरेको  छ ।  मध्यपूर्वमा विकसित परिस्थितिका कारण यूएईमा रहेका नेपालीलाई अनावश्यक यात्रामा ननिस्कन, सावधानी अपनाउन, यूएई सरकारले जारी गरेको सुरक्षा मार्गदर्शन एवं सूचनाको पालना गर्न दूतावासले आग्रह गरेको हो । आपतकालीन सुझाव, सल्लाह र सहयोगका लागि नेपाली राजदूतावास अबुधाबी र नेपाली महावाणिज्यदूतावास दुबईमा सम्पर्क गर्न भनिएको छ ।