इजरायलले इरानका दुई विद्यालयमा आक्रमण गर्दा कम्तीमा ५३ जनाको मृत्यु

इजरायलले दक्षिणी इरानको होर्मुजगान प्रान्तअन्तर्गत पर्ने मिनाब शहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा आक्रमण गर्दा कम्तीमा ५३ जनाको मृत्यु भएको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार इजरायल र अमेरिकाले संयुक्त रूपमा इरानमाथि गरेको व्यापक बमबारीका कारण सर्वसाधारण नागरिकले ठूलो क्षति बेहोर्नुपरेको छ । इरानको सरकारी समाचार संस्था आईआरएनएका अनुसार शनिबार भएको उक्त आक्रमणमा ६३ जना घाइते भएका छन् । घटनास्थलमा अझै भग्नावशेष हटाउने कार्य जारी रहेको जनाइएको छ । यो आक्रमण इरानभर भएका अमेरिका–इजरायल संयुक्त सैन्य क...