समाजवादको सङ्कल्प बोकेर पार्टी चुनावमा होमिएको छ, जनताको साथ चाहियोः संयोजक दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले समाजवादी नेपाल निर्माण गर्ने सङ्कल्प बोकेर आफ्नो पार्टी चुनावमा होमिएको बताएका छन् । रोल्पाको लिवाङमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्न पार्टी चुनावमा होमिएकाले जनतालाई साथ दिन अपिल गरे । “समाजवादी नेपाल निर्माण गर्ने सङ्कल्पका साथ एकचोटि फेरि हामी मैदानमा उत्रिएका छौँ । आमनेपालीले एकपटक मत दिएर हामीलाई विजयी गराउनेछन् भन्ने विश्वास छ”, संयोजक दाहालले भने, “विगतमा आफ्नो नेतृत्वको सरकारले ...