१६ फागुन, काठमाडौं । बहराइनको आन्तरिक मन्त्रालयले शनिबार राजधानी मनामाका धेरै आवासीय भवनहरूमा आक्रमण भएको बताएको छ। मन्त्रालयले सामाजिक सञ्जाल एक्समा भनेको छ, ‘प्रभावित स्थलहरूमा सिभिल डिफेन्स (नागरिक सुरक्षा टोली) ले आगो निभाउने र उद्धार कार्य जारी राखेको छ।’ मन्त्रालयले यस आक्रमणको कारण वा यसबाट भएको मानवीय क्षतिको बारेमा तत्काल कुनै विस्तृत विवरण दिएको छैन।